बुटवलमा एक जनालाई कोरोना भाइरसको आशंका

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  २ : १२


बुटवल । बुटवलमा एक व्यक्तिलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ। २१ वर्षका एक युवकलाई कोरोना भाइरस संक्रमणको आशंकामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको छ। 

ती युवकमा कोरोना भाइरस संक्रमणका लक्षणहरु देखिएका कारण कोरोना भएको आशंका गरिएको अस्पतालका डा. सुदर्शन थापा जानकारी दिनुभयो उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो। तर उनलाई कोरोना नै हो या होइन भनेर पुष्टी भने भइनसकेको डा थापाको भनाइ छ। नमूना परीक्षणका लागि उनको रिपोर्ट काठमाडौँ पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा थापाले बताउनुभयो। 


प्रतिक्रिया दिनुहोस्