अमेरिकाबाट आएकी महिलामा कोरोनाको आशंका

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १ : १५


काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा एक महिला अस्पताल भर्ना भएकी छन।

अमेरिकाबाट काठमाडौं आएकी महिलालाई कोरोनाको आशंकामा भर्ना गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताले जनाएको छ।

यसअघि टेकु अस्पतालमा सात जना र पाटन अस्पतालको आइसोलेसन वार्डमा २ बिरामी भर्ना भएका छन्।  

हालसम्म ४ सय ५० जनाको नमुना परीक्षण गरिएको र एक जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यो पनि

कोरोना भाइरसबारे टेकु अस्पतालले जारी गर्यो सूचना
 


प्रतिक्रिया दिनुहोस्