योगेश पत्नीले भनिन्, ३ लाख बार्गेनिङको कुरा ‘फेक’ हो (विज्ञप्ति)

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १२ : ४४


काठमाडौं । नेपाल नर्सिङ परिषद्की रजिष्ट्रार विन्दा घिमिरेले सामाजिक सञ्जालमा सार्वजनिक भएका म्यासेजमा आफूलाई जोडिएको प्रति आपत्ति जनाएकी छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकी श्रीमती समेत रहेकी घिमिरेले विज्ञप्ति सर्वाजनिक गर्दै फेक आइडीबाट आरापराधिक समुहले उक्त काम गरेको उल्लेख गरेकी छन्।

सामाजिक सञ्जालमा नेपाल नर्सिङ काउन्सिलको परिक्षामा उतिर्ण गराइदिने भन्दै तीन लाखको बार्गेनिङ गर्दै गरेको भनिएको एक च्याट बाहिरिएसँगै घिमिरेले विज्ञप्ति निकालेकी हुन्।

सार्वजनिक भएका स्क्रिनसटमा पाण्डेले परिचालित गरेका मानिसले घुस मागेको दाबी गरिएको छ।


प्रतिक्रिया दिनुहोस्