चितवनमा एक जनामा कोरोनाको आशंका

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १२ : १४


काठमाडौं । चितवनका तीन जनालाई कोरोना भाइरस परीक्षण भएको छ।

भरतपुर अस्पतालमा आज बसेको कोरोना रोकथाम र नियन्त्रण समन्वय समितिको बैठकपछि जारी भएको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ।

यसअघि दुई जनाको नमुना परीक्षण गरिएकोमा दुवैको नेगेटिभ आएको र आज गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्