प्रधानमन्त्रीलाई भेट्ने दोस्रो भिजिटर राधिका शाक्य

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ११ : ५४


काठमाडौं । मृगौंला प्रत्यारोपण पछि महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर प्रगति भइरहेको अस्पतालले जनाएको छ।

यसैबीच, दोश्रो भिजिटरको रुपमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले बिहिबार भेट्घाट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिमालले जानकारी दिएका छन्।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि उपचाररत प्रधानमन्त्री ओलीलाई मिर्गौलादाता उनकी भाञ्जी समीक्षा संग्रौलाले यसअघि पहिलो भिजिटरका रुपमा भेट गरेकी थिइन्।

यही फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पतालको आइसीयूमा राखिएको छ। संक्रमणको डरले उनलाई परिवारकै सदस्यलाई पनि यसअघि भेट्न दिइएको थिएन।
 

 


प्रतिक्रिया दिनुहोस्