विप्लव नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ रिहा

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ११ : २१


काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ (प्रज्ज्वलन) रिहा भएका छन्। 

बिहिबार उच्च अदालत वुटवलले श्रेष्ठलाई रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका हुन्।

पूर्वी ताम्सालिङ्ग इन्चार्ज समेत रहेका श्रेष्ठलाई यसअघि प्रहरीले पटक पटक पक्राउ गर्दै आएको थियो।

नेता श्रेष्ठलाई प्रहरीले गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीको खानीखोलाबाट पार्टीका स्थाई समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)सँगै गिरफ्तार गरेको  थियो।


प्रतिक्रिया दिनुहोस्