‘कोरोनाका बिरामी लुकाएका छैनौं, एक जना बाहेक अरुमा देखिएको छैन’

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १० : २५


काठमाडौं । स्वास्थ्य मन्त्रालयलये एक जना नेपाली बाहेक अरु कसैमा कोरोना पोजेटिभ नदेखिएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नेपालमा कोरोनाको अवस्थाबारे पछिल्लो जानकारी गराएको हो। 

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भने, “नेपालमा एकजनाबाहेक अरुलाई देखिएको छैन। संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको छ। त्यो क्षेत्रबाट आउनेहरु अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्छ। अहिले हामीले कोरानाका विरामी लुकाएका छैनौं।”

नेपालमा अहिलेसम्म ४५० जनामा कोरोना भाइरसको परीक्षण गरिएको र कुनै पनि कोरोना संक्रमित नलुकाइएको मन्त्रालयले स्पष्ट पारेको छ। सबैको रिजल्ट नेगेटिभ देखिएको मन्त्रालयको दाबी छ।

मन्त्रालयका अनुसार कोरोना आशंकामा हाल टेकु अस्पतालको आइसोलेसन वार्डमा चारजना बिरामी उपचाररत छन्। त्यसैगरी पाटन अस्पतालको आइसोलेसन वार्डमा अर्का एकजना बिरामीको उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्