मर्ज भए प्राइम र कैलाश विकास बैंक

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ७ : ४५


प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारीक घोषणा गरेको हो।

गत असार २० गते भएको सम्झौता अनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो।

प्राइम र कैलाश गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ भने पूँजीकोष करिब १९ अर्ब पुगेको छ।

एकीकृत कारोबारको औपचारीक सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पूँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्नका लागि मर्जरलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँले कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्ब भन्दा बढी पुगेको बताउनुभयो।

मर्जपछि बैंकको शाखा १ सय ९९ पुगेको छ। त्यस्तै बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ। 
 


प्रतिक्रिया दिनुहोस्