आँचल शर्मा र उदिप श्रेष्ठ विवाह बन्धनमा

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ५ : ५३


काठमाडौँ । नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठले आज विवाह बन्धनमा बाँधिदैछन्। उनीहरुको विवाह काठमाडौँको एक पाँच तारे होटलमा हुँदैछ। 

उनीहरुले विवाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए। विवाह अगाडि उनीहरुको संगीत, मेहेन्दी समारोहको आयोजना गरिएको थियो। आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन्।

यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । आँचल र उदिपले चैत्र १ गते भने काठमाडौँको पाँच तारे होटलमा पार्टीको आयोजना गरेका छन्। 

आँचल र उदिपले १ वर्ष लामो समय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। 


प्रतिक्रिया दिनुहोस्