झन् घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आजको भाउ ?

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ५ : ०८


काठमाडौँ । केही दिनदेखि अस्वाभाविक रुपमा बढिरहेको सुनको भाउ हिजोदेखि घट्न थालेको छ। साताको पाँचौ दिन अर्थात बिहीबार पनि सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ। 

आज छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो। 


प्रतिक्रिया दिनुहोस्