भारतमा सबैभन्दा कठोर यात्रा प्रतिबन्ध, आफ्ना नागरिकलाई पनि छैन छुट

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ४ : ५७


एजेन्सी । भारतले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि कडा कदम चालेको छ। कोरोना भाइरसको प्रकोपले महामारीको रुप लिन थालेपछि भारतले कडा कदम उठाएको हो। 

अब विदेशबाट भारत आउने आफ्ना र विदेशी नागरिक दुबैको आगमनमा प्रतिबन्ध लाग्ने भएको छ। यो नियम भोलि अर्थात मार्च १३ बाट लागु हुने भारतीय अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भारतको यात्रा प्रतिबन्ध कोरोनाभाइरसको प्रसार रोक्न कुनै देशले लागु गरेको सबैभन्दा कठोर ‘यात्रा प्रतिबन्ध’ हो। अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहेको समयमा भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको छ।

बुधबार शिर्ष मन्त्रीहरुको एक समूहको वैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको थियो। यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ को दिउसो १२ बजेपछि भारतका लागि हिडिसेका विदेशीलाई समेत प्रवेश दिने छैन। प्रतिबन्धमा विदेशमा रहेका भारतीय नागरिकताधारीलाई पनि लागु हुने भए पनि कुटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने छुट गरिएको छ।  
 


प्रतिक्रिया दिनुहोस्