हलिउडका चर्चित अभिनेता टम ह्याक्स र उनकी पत्नीलाई कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ४ : २०


काठमाडौँ । हलिउडका चर्चित अभिनेता टम ह्याक्स र उनकी पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।  

ट्वीट गर्दै अभिनेता टमले आफू र आफ्नी पत्नी रिटा विल्सनमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएका हुन्। उनले ट्वीटमा भनेका छन्, हामीले केही थाकेको महसुस गर्‍यौँ, रुघाखोकी र शरीरको केही भाग दुखेको महसुस गर्‍यौँ,पछि हामीलाई कोरोना भाइरसको संक्रमण भेटियो। 

अभिनेता ह्याक्स र विल्सन दुबैको उमेर ६३ वर्षको छ। एल्भिस प्रेस्लेको जीवनमा आधारित फिल्मको छायाँकनको क्रममा ह्याक्स दम्पति अहिले अस्ट्रलियामा छन्।  


प्रतिक्रिया दिनुहोस्