इराकस्थित ताजी सैन्य शिविरमा मिसाइल आक्रमण, अमेरिकी सैनिकसहित ३ जनाको मृत्यु

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ४ : ०४


काठमाडौँ । इराकको राजधानी बगदाद नजिक रहेको एक सैन्य शिविरमा मिसाइल आक्रमण भएको छ। आक्रमणमा अमेरिकी सैनिकसहित ३ जनाको ज्यान गएको छ। 

उत्तरी बगदाद नजिक रहेको ताजी सैनिक शिविरमा अमेरिकी र बेलायती सैनिकले इराकी सुरक्षाबललाई प्रशिक्षण दिँदै आएका थिए। मिसाइल आक्रमणमा १२ जना घाइते भएको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। 

अमेरिकी सैन्य स्रोतकाअनुसार आक्रमणमा एक जना अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक जना बेलायती सैनिकको ज्यान गएको छ। ज्यान गुमाउनेको परिचय खुलाइएको छ । 

गएको जनवरीमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानका सैनिक कमाण्डर कसिम सुलेमानीको ज्यान गएपछि अमेरिका–इरान तनाव बढिरहेको छ।  यसका कारण उक्त आक्रमण इरानको गरेको हुनसक्ने आशंका गरिएको छ। यद्यपी त्यसको पुष्टी भने भइसकेको छैन्। 


प्रतिक्रिया दिनुहोस्