अब लीलामणि खरिपाटी क्वारेण्टाइनमा राखिन्छन् ?

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ३ : ३९


काठमाडौं । सरकारले कोरोना त्रासका कारण चीनबाट स्वदेश फर्काएका विद्यार्थीलाई सोझै खरिपाटी क्वारेण्टाइनमा राख्यो । मात्रै एउटा उडान गरेर फर्किएका चालक दलका सदस्यहरूलाई पनि नगरकोटमा अलग्गै बसाइयो ।

सरकारले उता पढिरहेका आफ्ना विद्यार्थीको स्वास्थ्यप्रति सचेत हुँदै त्यसो गर्‍यो । अर्को राम्रो पक्ष के भने कसैमा पनि त्यस्तो रोग फेला परेन । अब अर्को प्रश्न उठ्छ– सवा तीन वर्षदेखि चीनमा राजदूत रहेका लीलामणि पौडेल चैतको दोस्रो साता घर फर्किंदा के हुन्छ ?

उनी त्यहाँका सरकारी अधिकारीसँग बिदाई भेट गर्ने, बोरिया बिस्तर कस्ने काममा जुटेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका प्रत्येक यात्रुको मिहिन पाराले अध्ययन हुन्छ, स्वास्थ्य जाँच गरिन्छ, शंकास्पदलाई टेकु अस्पताल र क्वारेण्टाइनमा राखिन्छ ।

तर, लीलामणिलाई के गरिन्छ ? उनी विमानस्थलमा ओर्लिने बित्तिकै सिधै चण्डोल चप्पल कारखानातिरको घर पुग्छन् कि, कुनै क्वारेण्टाइनमा राखिन्छन् ?

-जनआस्था साप्ताहिक


प्रतिक्रिया दिनुहोस्