‘सेक्टर कमान्डर’ को जिम्मेवारी बाँनियालाई

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १ : ४०


काठमाडौँ । नेपाली सेनाका सहायक रथी दीपक बाँनियालाई संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ। 

हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको जिम्मेवारी दिएको घोषणा गरिएको हो। 

सहायक रथी बाँनियाले अनमिस मिसनमा तेस्रो वरीयतामा रहेर काम गर्नुहुने भएको छ। उक्त मिसनमा विश्वभरका २२ हजार सैनिक शान्ति सैनिकका रुपमा कार्यरत रहेका छन्। 

उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरी गरी झन्डै २ हजारको हाराहारीमा कार्यरत रहेको बताइएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्