कोरोनाले विश्वप्यापी महामारीको रुप लिएको डब्लुएचओको घोषणा

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ०९


न्ययोर्क । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस विश्वव्यापी महामारी भएको औपचारिक घोषणा गरेको छ।

धेरै देशहरुमा भाइरसले संकट निम्त्याएपछि विश्व स्वास्थ्य संगठनले बुधबार औपचारिक रुपमा विश्वव्यापी महामारीको घोषणा गरेको हो। 

डब्लुएचओका प्रमुख निर्देशक टेड्रोस अधानोम गेब्रीयससले भाइरसको फैलावट 'चिन्ताजनक स्तरको' रहेको बताए।

उनले सबै देशहरुलाई 'तत्काल आक्रामक कदम चालेर' प्रकोप विरुद्ध लड्न आग्रह गरे।

यो भाइरस नफैलिएका देशले उच्च सतर्कता अपनाउनुमा पर्नेमा उनको छ। 

विश्व स्वास्थय संगठनले परिभाषित गरेको 'महामारी' शब्दलाई सामान्य अर्थमा बुझे र सजिलै रुपमा लिए गम्भीर परिणाम निम्तिने उनेले चेतावनी दिए।

विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको डब्लुएचओको निष्कर्ष छ। 

कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ। 

हाल चीनमा कोरोनाको प्रभाव घट्दै जाँदा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा कोरोनाको प्रभाव बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस्