हलिउडका चर्चित फिल्म निर्मातालाई बलाकार मुद्धामा २३ बर्षको जेल सजाय

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ४ : ०२


न्यू योर्कको एक अदालतले हलिवुडका एक चर्चित कलाकार विरुद्ध जेल सजायको फैसला सुनाएको छ।

बलात्कार र यौन आक्रमणका मुद्दामा दोषी ठहर गरिएका चर्चित हलिवुड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाइएको हो।

कुनै समयमा हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमणका अभियोगमा दोषी पाइएका थिए।

अदालतको पछिल्लो फैसलालाई (मीटू) भनिने विश्वव्यापी महिला आन्दोलनका सदस्यहरूले स्वागत गरेका छन्।

६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा उपस्थित भएका थिए।


प्रतिक्रिया दिनुहोस्