चोभारमा भेटिएको महिलाको शवसँगै विषको सिसी पनि, अझै खुलेन पहिचान

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : ३०


  काठमाडौँ । चोभारको जङ्गलमा फेला परेको एक महिलाको शवसँगै विषको सिसी पनि फेला परेको बताइएको छ। अन्दाजी ४० वर्षीया महिलाको शव आज फेला परेको हो। शवसँगै विषको सिसी पनि फेला परेकोले उनले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ।

गाई चराउन गएका मानिसले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। महिलाको शव भेटिएको ठाँउ भन्दा २० फिटमाथि होटेल समेत छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्