सरकारको प्रतिबन्ध विप्लव समुहले जलायो

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : २७


काठमाडौं । ऐनसेलमाथि विस्फोट लगायतका घटनामा संलग्न देखिएपछि सरकारले करिब १ बर्षअघि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो।

गत फागुन २८ गते लगाएको प्रतिबन्धको एक बर्ष पुगेको छ। प्रतिबन्ध १ बर्ष भएकै दिन राजधानीमा विप्लव नेकपाले पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको छ। साथै विभिन्न ठाँउमा कार्यक्रम गरि सरकारको विरोध गरेको छ।

विप्लव नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपालले राप्तीका सबै विभिन्न जिल्लामा ‘कथित प्रतिबन्ध खारेज गरौँ ! फासिवादी केपी सरकारको प्रतिरोध गरौँ’ मूल नाराका साथ कोणसभासहित नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने मन्त्रीपरिषद्को निर्णय घाटमा लगेर अन्त्येष्टि गरेको जनाएको छ ।

२०७५ साल फागुन २८ गते केपी वली–पुष्पकमल दाहाल सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको एक वर्ष पूरा भएको सन्दर्भ पारेर युवा सङ्गठन नेपालले मन्त्रीपरिषद्को निर्णय जलाएको हो ।

‘कथित प्रतिबन्ध खारेज गरौँ ! फासिवादी केपी सरकारको प्रतिरोध गरौँ !!’ नारा लगाउँदै युवाहरूले दाङको तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कालाखोला घाटमा विरोधसभासहित प्रतिबन्ध निर्णयको अन्त्येष्टि गरेको समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्