रोल्पाको थबाङमा दुई बोरा सकेट बम भेटियो

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : २२


काठमाडाैं । रोल्पाको थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेको छ । स्थानीय घाँसीले बुधबार थबाङ–३ मिरुलस्थित रापा जंगलमा बम फेला पारेका हुन् । बम फेला पारेपछि घाँसीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिई सुरक्षित पारेको छ ।

बम भएको क्षेत्रलाई प्रहरी नियन्त्रणमा लिइएको छ । बम राखिएको बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले बम राखेको हुन सक्ने प्रहरीकाे अनुमान  छ ।


प्रतिक्रिया दिनुहोस्