विचारले हारेको जत्थाले बाँस्कोटाको घरमा विस्फोट गराए : अनेरास्ववियु

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : ०७


काठमाडौ. । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले विचारले पराजित भएकाहरुले पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोप लगाएको छ।

उक्त संगठनका अध्यक्ष रञ्जित तामांग र सह अध्यक्ष ऐन महरले विज्ञप्ति निकाल्दै घटनाको निन्दा गरेका हुन्।

यसअघि आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्फोट गराउँने समुहलाई आतंककारीको संज्ञा दिएका थिए।


प्रतिक्रिया दिनुहोस्