शान्ति सेना गएका नेपाली सैनिकको मृत्यु

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : ३३


काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ । लेबनानस्थित युनिफिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ती नेपाली शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ ।

मृतकको नाम खुलेको छैन् । उनी चार महिनाअघि मात्र लेबनान गएका थिए । दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो ।

उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जनाएको छ । युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्