पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : २५


काठमाडौं । पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता पूर्णकुमार शेर्माको निधन भएको छ।

बुधबार दिउँसो काठमाडौंको निदान अस्पतालनमा उपचारको क्रममा शेर्माको निधन भएको हो। 

दुईओटै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा थला पर्नु भएको थियो।

शेर्मा पाँचथर क्षेत्र नं १ बाट पूर्व सभासद समेत हुनुहुन्थ्यो। पाँच दशक अघि राजनीतिमा प्रवेश गरेका लिम्बू २०१८ सालमा प्रधानपञ्च, २०२१ सालमा पाँचथर जिल्ला पञ्चायत सदस्य, २०२२ सालमा पञ्चायत जिल्ला उपसभापति र २०२४ सालमा जिल्ला सभा सदस्य हुनुहुन्थ्यो।

२०२५ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका लिम्बू त्यसपछि गाउँफर्क राष्ट्रिय अभियानको अञ्चल सदस्य पनि रहनुभयो।

२०३६ सालको जनमत संग्रहमा उहाँ जिल्ला बहुदल प्रचार प्रसार समितिको अध्यक्ष हुनुहुन्थ्यो।

राजनीतिक संघर्षका क्रममा पटक पटक पक्राउ र थुनामा परेका लिम्बू २०४२ को सत्याग्रहमा सात महिना जेल पर्नुभएको थियो।

देशमा प्रजातन्त्रको पुनर्स्थापना पछि उहाँ राष्ट्रिय सभा सदस्य रहिसक्नुभएको छ। आइएल  सम्मको अध्ययन गर्नुभएको शेर्मा दुई छोरा र पाँच छोरीका पिता हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस्