एयरफोन तान्न खोज्दा जीपबाट खसेर एक जनाको मृत्यु

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १ : ०२


पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा बोलेरो जीपबाट खसेर एकजनाको मृत्यु भएको छ। 

पहलमानपुरबाट सुखड्तर्फ आइरहेको से १ च १०३४ नंको बोलेरोमा सवार अछामको रामारोशन गाउँपालिका–७ का २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ।

यात्रा गरिरहेका बेला उनीसँग रहेको इयरफोन खसेको र तान्न खोज्दा खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखड्का प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्