प्रचण्डमाथि जुत्ता हान्ने युवक विप्लव कार्यकर्ता भएको खुलासा !

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : १८


काठमाडौं । प्रचण्डमाथि जुत्ता हान्ने युवक नेत्र विक्रम चन्द विप्लव नेतृत्वको कार्यकर्ता भएको खुलासा भएको छ।

सत्तारुढ दल नेकपा जुम्लाले उनी शहिद परिवारका सदस्य नरहेको दाबी गरेको छ।

पार्टी अध्यक्षमाथिनै प्रहार गर्न खोजेपछि नेकपा जुम्लाले विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा नेकपाका जुम्ला अध्यक्षले प्रचण्डमाथि जुत्ता हान्न खोज्ने युवक लामो समयदेखि प्रहरीको खोजीमा रहेको उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस

प्रचण्डमाथि जुत्ता प्रहार भएपछि कसले के भने ?
 


प्रतिक्रिया दिनुहोस्