अमेरिका–तालिबानबीच शान्ति सम्झौता हुँदै, तीस देशका राजदूत  साक्षी बस्ने

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ०४


काठमाडौँ । अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शान्ति सम्झौता हुँदैछ।

शनिबार कतारमा हुने शान्ती सम्झौतामा ३० देशका राजदूत सहभागी हुने छन्। सम्झौतापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारले संयुक्त वक्तव्य जारी गर्नेछ। 

सम्झौताले १८ वर्षपछि अमेरिका सैनिकको अफगानिस्तानबाट फिर्तीको मार्ग खुल्ला गर्नेछ। 

सम्झौताअघि अमेरिकी राष्ट्रपति कार्यलयले सम्झौतासम्बन्धमा राष्ट्रपति ट्रम्पको धारणा सार्वजनिक गरेको छ। सम्झौताको लागि शुक्रबार राति अफगान सरकारले ६ सदस्यीय दललाई दोहा पठाएको छ।


प्रतिक्रिया दिनुहोस्