अध्यापन अनुमति पत्रको थप विषयको नतिजा सार्वजनिक

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ३ : ०६


काठमाडाैं । शिक्षक सेवा आयोगले गत असोज महिनामा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को थप विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना निकाल्दै, शुक्रबार साँझ माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।

यस अघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, कम्प्युटर विज्ञान र कार्यलय सञ्चालन र लेखा विषयको गरि ८ विषयको नतिजा सार्वजनिक गरि सकेको छ ।

उम्मेदवारले मोवाइलको Message box मा TSC टाइप गरी एक स्पेस दिई प्रवेशपत्रमा रहेको Tsc application Id (स्पेस नराखि) उल्लेख गरी ३१००७ नम्वरमा SMS पठाइ यसरी पनि नतिजा हेर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्