मङ्गोलियाका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखियो, नेपालले के सिक्ने ?

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : २१


एजेन्सी । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसबाट देशका शीर्षस्थ व्यक्तीनै सङ्क्रमणको सिकार बन्न थालेका छन्।

चीनले सम्पूर्ण शक्ति परिचालन गर्दा समेत भाइरसलाई नियन्त्रणमा लिन सकेको छैन्।

चीनभन्दा बाहिर झन् त्रासदीपूर्ण अवस्थाबाट यो भाइरस फैलिरहेको छ।

कोरोनाको त्रासकाबीच मङ्गोलियाका राष्ट्रपति खाल्टमाजिन बटुल्गालाई १४ दिने क्वारेन्टाइनमा राखिएको छ।

मङ्गोलियाका सञ्चार माध्यम अनुसार बटुग्लासहित विदेशमन्त्री र अन्य सरकारी अधिकारीहरू चीनमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङसँग भेटवार्ता गरेका थिए।

राष्ट्रपति बटुल्गासहित प्रतिनिधिमण्डलका सदस्यहरूलाई सावधानी अपनाउँदै बिहीबारदेखि दुई हप्ते क्वारेन्टाइनमा राखिएको हो।

कोरोनाको संक्रमण रोक्न मङ्गोलियाले कडा उपायहरू अपनाएको बताइएको छ । त्यहाँ हालसम्म एक जनामा समेत कोरोना भाइरस सङ्क्रमण भेटिएको छैन्।

भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै विभिन्न देशले उच्च सतर्कता अपनाएका छन्।

इरानमा उक्त घातक भाइरसबाट एक पूर्वराजदूतको मृत्यु भइसकेको छ भने उपराष्ट्रपति र उप स्वास्थ्यमन्त्री सङ्क्रमित भएका छन्।

यो भाइरसले चीनको छिमेकी दक्षिण कोरियामा उस्तै संकट निम्त्याएको छ।

कोरियामा शुक्रबार मात्रै ५ सय ७१ जना नयाँ संक्रमित भेटिएका छन्।

२३ सय भन्दा बढीमा कोरोना भेटिएपछि दक्षिण कोरियाली नागरिकलाई ५२ देशमा प्रवेश निषेध गरिएको छ।

जापानले भाइरसको सङ्क्रमणलाई ख्याल गर्दै देशभरका स्कुल एक महिनासम्मको लागि बन्द गर्ने निर्णय गरेको छ।

कोरोनाले विश्वव्यापी महामारीको रूप लिँदै गर्दा नेपाल पनि खतरा मुक्त्त छैन। 

महामारी फैलनु अगाडि नै उच्च सतर्कता अपनाउन पर्नेमा विज्ञहरूले जोड दिँदै आएका छन्।

महामारी फैलनु अगाडि नै शैक्षिक सँस्था, कार्यालय, बजार व्यवसाय बन्द गरेर केही समयकालागि भिड्भाड् बाट टाढा रहने वातावरण बनाउँनु पर्नेमा विज्ञहरुको जोड छ।

यो पनि

इरानका उपराष्ट्रपतिलाई पनि कोरोना भाइरस संक्रमण

कोरोना भाइरसको त्रास : जापानका सबै विद्यालयमा छुट्टि दिइयो

 


प्रतिक्रिया दिनुहोस्