मुख्यमन्त्री शेरधन राईलाई पति दाबी गर्दै अदालतमा रिट दायर

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ११ : २२


काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई पति दाबी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकि छन्।

दोलखाकी बालिका खड्काले राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।

उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकि छन्।

राई भोजपुर-२ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन्। अविवाहित रहेका उनिसँग नाता कायम गरि पाउँ भन्दै महिलाले निवेदन दिएकी हुन।

मुख्यमन्त्री विरुद्ध उजुरी दिने महिला तत्कालिन एमालेको युवा संगठनकि केन्द्रीय सदस्य हुन्।

राई सँगको सम्बन्धका कारण उनलाई तत्कालिन युवा संघको केन्द्रीय सदस्यबाट हटाइएको आरोप लाग्दै आएको छ।

राईसँग नाम जोडिएर आफू हुनुसम्म बद्नाम भइसकेको र अब उनैसँग विवाह गर्नुबाहेक उपाय नभएको युवतीले बताउँदै आएकि थिइन्। 
 


प्रतिक्रिया दिनुहोस्