मोडल खुस्बु ओलीलाई २ बर्षको जेल सजाय

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ५९


काठमाडौं । नायिका तथा मोडल खुस्बु ओलीलाई २ बर्षको कैद सजाय सुनाइएको छ। 

लेनदेन विवादमा ३६ लाख पैसा नतिरेपछि जिल्ला अदालत काठमाडौंले ओलीलाई शुक्रबार दुई वर्षको कैद सजाय सुनाएको हो।

सप्तरीको राजविराज-८ का गोपाल कटुवालबाट घर जग्गा किन्ने भन्दै ओलीले २ बर्षअघि पैसा सापटी मागेकि थिइन्। राम्रै सम्बन्ध रहेका कटुवालले ओलीलाई सापटी पैसा दिएका थिए। 

तर, हालसम्म पनि रकम फिर्ता नगरेपछि अदालतले यस्तो फैसला सुनाएको हो।

कटुवाललाई ओलीले खातामा पैसा नभएको चेक दिएपछि कटुवालले ओली विरुद्ध चेक बाउन्सको उजुरी दिएका थिए।

उक्त उजुरीमाथि सुनुवाई गर्दै अदालतले गत जेठमा ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने फैसला गरेको थियो। 

हालसम्म पनि रकम नतिरे पछि शुक्रबार अदालतको यस्तो फैसला आएको हो। 

 


प्रतिक्रिया दिनुहोस्