कार दुर्घटनाबारे छानबिन गर्न कार्यदल गठन

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ४८


काठमाडौं । नेकपा (माले)ले आफ्ना महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्ने भएको छ ।

उक्त दलले दुर्घटनाबारे छानविन गर्न कार्यदल समेत गठन गरेको छ। 

शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले दुर्घटनाबारे छानविन गर्न स्थायी कमिटी सदस्य दीनानाथ घिमिरेको संयोजकत्वमा २ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मालेले सीआइबीमार्फत दुर्घटनाको सत्यतथ्य छानविन गर्न सरकारसमक्ष माग समेत गरेको छ । 

झापाबाट काठमाडौं आउँदै गरेको कार बिहिबार महोत्तरीमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा महासचिव मैनालीसहित उनका छोरा, बुहारी, नाती र कारचालक घाइते भएका छन्।

यो पनि

 

सीपी मैनालीको कार दुर्घटना नियोजित : नेकपा माले
 


प्रतिक्रिया दिनुहोस्