पुरानो बसपार्क क्षेत्रमा आगलागी

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १० : ०३


काठमाडौं । पुरानो बर्षपार्क स्थित भ्यु टावर निर्माणस्थल निजकै आगलागी भएको छ।

बसपार्कमा बन्दै गरेको भवन नजिकको जस्ता पाताबाट छाएका घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगो निभाउन बारुण यन्त्र र सुरक्षाकर्मी पुगेका छन्। आगो फैलिन नदिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

घटनाबाट कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन। आगोलागी कसरी भयो भन्ने बारे पनि पूर्ण विवरण आइसकेको छैन। 


प्रतिक्रिया दिनुहोस्