अडियो प्रकरण : गोकुल बाँस्कोटाद्वारा अदालतमा मुद्धा दायर

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : २४


काठमाडौं । अडियो प्रकरणपछि राजीनामा दिएका तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मुद्धा दायर गरेका छन्।

बाँस्कोटाले आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेका हुन्।

अडियो बाहिर ल्याउने विजयप्रकाश मिश्रले आफूविरुद्ध झुटो आरोप लगाएर गाली बेइज्जती गरेको बाँस्कोटाको दाबी छ।

बाँस्कोटाले आफूले मुद्धा दायर गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो प्रकरणबारे बोलेको भोलिपल्टै नेकपा नेता बाँस्कोटाले अदालतमा गालि बेइज्जती मुद्धा दायर गरेका हुन्।

बिहिबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अडियो बाँस्कोटाकै हो भन्ने प्रमाण नभएको बताएका थिए।

यो पनि


प्रतिक्रिया दिनुहोस्