महिलाले कसरी प्राप्त गर्छन् चरम सुख ?

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ४६


दाम्पत्य सम्बन्धमा यौन सम्बन्धको महत्वपूर्ण भूमिका रहन्छ। जब श्रीमान्–श्रीमतीको खटपट शुरु हुन्छ, त्यसमा कुनै न कुनै रुपमा यौन जीवनमा आउने असन्तुष्टि मुख्य कारण बनिरहेको हुन्छ। तर त्यहीँ कुरा व्यक्त गर्न गाह्रो भइरहेको हुन्छ।

त्यसो त यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ। यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन। दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि हुने क्रियाले नै दुवैलाई सन्तुष्टि प्रदान गर्छ। 

यौन सम्बन्धको क्रममा कस्ता क्रियाकलाप गर्दा आफ्नो पार्टनरले उत्तेजना महसुस गर्छ भन्ने कुरामा पुरुषहरु त्यति चासो राख्दैनन्। चुम्बनका लागि मात्र होइन राम्रो फोरप्लेका लागि पनि तपाईंंले आफ्नो स्वासलाई लयबद्ध बनाउन जान्नुपर्छ। तपाईंंले जब आफ्नो पार्टनरलाई चुम्बन गर्नुहुन्छ, त्यो समयमा पार्टनरलाई सास फेर्न गाह्रो भएको छ कि भन्ने कुरालाई ध्यान दिनुपर्छ। त्यस्तै, तपाईंंको पार्टनरलाई उत्तेजित गर्न सासले कस्तो काम गर्छ भन्ने कुरा पनि तपाईंंलाई थाहा हुनु आवश्यक छ।

चुम्बनपछि अन्य क्रियाकलाप जस्तै घाँटीहरुमा पनि चुम्बन गर्ने जस्ता क्रियाकलापले तपाईंंको पार्टनर छिट्टै मुडमा आउँछिन् र यौन क्रियाकलापमा आफ्नो सहभागिता पनि जनाउँछिन्। घाँटीको वरपर चुम्बन गर्दा लामो समयसम्म चुम्बन गर्दै आफ्नो तातो सासको पनि प्रयोग गर्नुपर्छ।

भजाइनल स्टिम्युलेशनले महिलाहरु पूर्णरुपमा मदहोस हुन्छन् । त्यस्तो स्थितिमा उनीहरुसँग यौन सम्बन्ध राख्न उपयुक्त हुन्छ। यौन सम्बन्ध राख्नका लागि यो सही समय हुन्छ। किनभने यो स्थितिमा दम्पत्तिले यौनसम्पर्कको अत्याधिक आनन्द लिन सक्छन्।

हिजोआज त इन्टरनेटको माध्यमले पनि तपाईंं कसरी चरम सुख प्राप्त गर्ने भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ। तर, महिलाहरुलाई भजाइनल अर्गेज्म प्राप्त गर्न सजिलो छैन, किनभने यो कुनै नियम पुस्तकमा पढेर होइन, जीवन व्यवहारमा अभ्यास गरेर पुष्टि गर्नुपर्ने कुरा हो। महिलाहरुलाई केवल पेनिट्रेसनले मात्र पनि चरम सुुख प्राप्त गर्न गाह्रो हुन्छ।

हालसालै भएको एउटा सर्वेक्षण अनुसार करिब ७० प्रतिशत महिलाहरुलाई पेनिट्रेटिव सेक्सको माध्यमबाट चरम सुख प्राप्त हुँदैन। जर्नल अफ सेक्स एन्ड म्यारिटल थेरापीमा प्रकाशित अर्को अध्ययनका अनुसार केवल एक महिलालाई मात्र भजाइनल स्टिमुलेशन अर्थात् योनी उत्तेजनाबाट चरम सुख प्राप्त हुन्छ। त्यस्तो स्थितिमा यदि पेनिट्रेटिव सेक्सको माध्यबाट तपाईंं चरम सुख प्राप्त गर्न सकिरहनुभएको छैन भने यी साधारण तरिकाहरुलाई अपनाएर यौन चरम सुख प्राप्त गर्न सक्नुहुन्छ।

यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नु छ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ। यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने तरिकालाई फोरप्ले भनिन्छ। चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अंगालोमा बाँध्नुजस्ता सबै कुराले तपाईंलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पुर्‍याउँछ। फोरप्लेको माध्यमबाट महिलाहरु आनन्दको महसुस गर्छन र यौन सम्पर्कका सम्पूर्ण क्रियाकलापमा रमाउन थाल्छिन्।

आफ्नो शरीरलाई यौन र चरम सुखका लागि तयार गर्ने अर्को राम्रो तरिका हस्तमैथुनका केही तरिकाहरुलाई अपनाएर आफूलाई कुन कुराले धेरै खुशी प्राप्त हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ।

तपाईंंको सेक्स पार्टनरसँग यौनसम्बन्धी कुराकानी गर्दा, यौन सम्बन्धित खेल खेल्दा र विभिन्न किसिमका सेक्सुअल आवाज निकाल्नु तपाईंंको लागि अति नै फाइदाजनक हुन्छ भन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ। त्यस्ता सबै कुराहरुले पनि तपाईंंलाई चरम सुख प्राप्त गर्न सहयोग गर्छ।


प्रतिक्रिया दिनुहोस्