दुधे बालक बोकेकी महिलामाथि प्रहरीको लाठी !

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ३६


काठमाडौँ । सामाजिक सञ्जालमा अहिले एउटा बालक बोकेकी महिलामाथि प्रहरीले लाठी हानेको भिडियो भाइरल बनेको छ।

भिडियो सेयर गर्दै धेरैले प्रहरीमाथि आक्रोश व्यक्त गरेका छन्।

उक्त घटना ललितपुरको भैँसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेलको घर अगाडिको रहेको बताइएको छ। भिडियोमा बालक बोकेको देखिने महिला अभियन्ता हिमा श्रेष्ठ हुन्।

उनीमाथि प्रहरीका इन्सपेक्टर देवीप्रसाद पौडेलले लाठि हानेका हुन्।

प्रहरीले घर बाहिर जम्मा भएका महिलाहरूलाई हटाउन लाठी प्रहार गरेको देख्न सकिन्छ।

नेपाली सेनाका पूर्व जर्नेल हेम खत्री आफ्नो श्रीमान रहेको तर आफूलाई छाडेको भन्दै माला शाह नाम गरेकि एक महिला उक्त घर अगाडि धर्ना दिन पुगेकि थिइन्। उनी महिलाहरूको समुह सँगै गएकी थिइन्।

पूर्व जर्नेल खत्रीले प्रहरीलाई खबर गरेपछि प्रहरीले भिड हटाउन लाठी चार्ज गरेको हो। त्यसक्रममा बालक बोकेकी महिलालाई प्रहरीले लाठी हानिरहेको भिडियोमा देख्न सकिन्छ।

महिलाहरूको समुहले घरमा तोडफोड गर्न थालेपछी भीड नियन्त्रणमा लिन बल सामान्य बल प्रयोग गरेको इन्सपेक्टर पौडेलले बताए।

भिडियो भाइरल भएपछि महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ।

दोषी देखिए ती इन्सपेक्टरमाथि कारवाही हुनेछ।

महिलामाथि पुरुष प्रहरीले लाठी बर्साउन खेदजनक रहेको भन्दै मानिसहरुले आक्रोस पोखेका छन्। प्रहरीको कुटाइबाट महिलाको शरिरमा निलडाम भएको छ।

 


प्रतिक्रिया दिनुहोस्