दिल्ली हिंसा : स्वरा भास्कर सहित ३ जना विरुद्ध मुद्दा दायर

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ५०


नयाँ दिल्ली । भारतीय फिल्म अभिनेत्री स्वरा भास्कर विरुद्ध मुद्धा दायर भएको छ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्दै एक भिडियो सेयर गरेपछि उनी विरुद्ध मुद्धा परेको हो। 

सामाजिक सञ्चालमा मानिसहरूले उनीमाथि हिंसा भड्काएको आरोप लगाएका छन।

अधिवक्ता संजीव कुमारले दिल्ली उच्च अदालतमा उनी विरुद्ध रिट दायर गरेका हुन्।

स्वरा भास्कर, सहित सामाजिक अभियन्ता हर्ष मन्दर, रेडियो कार्यक्रम प्रस्तोता साएमा र आम आदमी पार्टीका विधायक अमानतुल्लाह खान विरुद्ध निवदेन दर्ता गरिएको छ।

स्वरा भास्करले भारतीय नागरिकता संशोधन विधेयकको विरोध गरिरहेको भिडियोमा देखिन्छ। सामाजिक सञ्जालमा #ArrestSwaraBhaskar ट्वीट ट्रेंडिंग भैरहेछ।


प्रतिक्रिया दिनुहोस्