२० हजार घुससहित कार्यकक्षबाटै वडासचिव पक्राउ

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ३५


काठमाडाैं । धनुषाका एक वडासचिव २० हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेका छन् । धनौजी गाउँपालिका–२ का वडासचिव सुशील ठाकुर २० हजार घुससहित पक्राउ परेका हुन् । उनले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग २० हजार घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले सचिव ठाकुरलाई बिहीबार २० हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको हो । ठाकुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्