प्रधानमन्त्रीको ‘हेब्बी बड्डे’

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : १७


‘राजनीतिक संस्कृति’ नै ‘बिकास’ नभइसकेको नेपालजस्तो देशमा कहिले पुष्पकमल दाहाल क्याबिनेटका ‘एम सरको डेटिङ’ले राजनीतिक बजार तात्छ त कहिले ओली क्याबिनेट (सरकार प्रवक्ता पनि) गोकुल बाँस्कोटाको ७० करोड ‘सेटिङ’ले । कहिले ओली क्याबिनेटकै विष्णु पौडेल ‘ललिता निवास’ले हुण्डरी मच्चाउँछ त कहिले प्रधानमन्त्री केपी ओलीको ‘हेब्बी बड्डे’ले । 

मुहानमै ‘सामन्तवाद र भ्रष्टाचार’ छ भने ‘डेटिङ, सेटिङ, ललिता निवास, हेब्बी बड्डे’ यसरी बेलाबेलामा सतहमा देखिने नै भए । तर, ट्रेलर नै यति भयङ्कर छन् भने फिल्म कस्ता होलान् ? नत्रभने दुई तिहाईवाल सरकारका प्रधानमन्त्री केपी ओलीलाई ‘राजा तिर्खा’ मेटाउनेगरी किन हेब्बी बड्डे मनाउन यसरी जोश चल्दो हो ?

आफूलाई भुइँमान्छेका प्रतिनिधि दाबी गरे नि ‘सामन्तवादी चरित्र’धारणरत यी नेपाली दल र यिनका नेता काण्ड बेलाबेलामा पानी फोकाजसरी उठ्छन् । र, कहीँ नपुगी पट्टपट्ट फुट्छन् । 

सर्बसाधारणसमेत जानकार छन्, डबल नेकपावाल डबल अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘दाहिना’ नहुँदा ‘एम सर’को सभामुख पदमात्र गएन, बड्डा नै डिल्लीबजार सदरखोर पुगे । यो पनि जानकार छन् कि, उनै डबल अध्यक्ष दाहिनिँदा डबल नेकपा महासचिव विष्णु पौडेलले ललिता निवास फिर्ता गर्दैमा माफी पाए । न पौडेल पद गुम्यो न डिल्लीबजार नै पुग्नु प¥यो । 

काटीकुटी ओलीवाल गोकुल बाँस्कोटा सरकार प्रवक्ता साथै ओली किचन क्याबिनेटमन्त्री थिए । काभे्र पुगेर ओलीले ‘एकातिर बाँस्कोटा र अर्कोतिर सब मन्त्री र नेता राखे नि बाँस्कोटा भारी छन्’ समेत भन्न भ्याए । सेटिङ सेटमा ‘स्वार्थ’ बाझिँदा बाँस्कोटा ‘सेटिङ’ बाहिरियो । किन स्वार्थ बाझिएको ? यसको एउटै मात्र उदाहरण काफी छ, त्यो हो, सेटिङ अडियो राज्यको कुनै निकाय(पुलिस या अख्तियार)ले सार्बजनिक गरेको होइन । सेटिङमा काँजे परेपछि संलग्न नै बाहिर ल्याएका हुन् । सेटिङ केसले बाँस्कोटाको मन्त्री पद त गयो तर डिल्लीबजार पुग्नेमा भने अझै आशंका छ । यसको मुख्य कारण हो, एम सरको ‘डेटिङ’मा ‘एम सर र रोशनी शाही’मात्र थिए भने गोकुल ‘सेटिङ लहरा’ तान्दा ‘ओली पहरा’ नै घर्कन्छ । त्यसैले सेटिङ बाँस्कोटा राजीनामामै सामसुम सम्भावना देखिन्छ । जुन सबभन्दा ठूलो विडम्बना हो ।

अब कुरा गरौँ, बाँस्कोटा सेटिङलाई नै ओझेल पार्ने प्रधानमन्त्रीको ‘हेब्बी बड्डे’को । जुन बड्डेले ‘राजा जन्मोत्सव तिर्खा’मात्र मेटेन, राजाको हेब्बी बड्डेलाई समेत बिर्सायो । 

जुगजुगका बड्डे 

यो त्यो जुगको बड्डेको कुरा हो । जुन जुगमा नेपाल भन्ने देशमा पञ्चायत भन्ने राजनीतिक व्यवस्था थियो । र, राजा थिए, श्री ५ वीरेन्द्र वीरविक्रम शाह देव । वीरेन्द्र त राजामात्र थिएनन्, हिन्दू देव विष्णु अवतार पनि थिए । यसको साथै पञ्चायतपिता महेन्द्रपुत्र पनि थिए । ती नारायणहिटी राजदरवारमा बस्थे । 

तिनै वीरेन्द्र जन्मेको दिन अर्थात् पुस १४ गते हामी ससाना भुरा ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ नारा लाउँदै कहिले स्यानीगार झथ्र्यौं त कहिले खोरेखोला पुग्थ्यौँ भने कहिले धनथाना । जन्मोत्सव जुलुसमा अघिअघि मास्टर हुन्थे, पछिपछि स्कुले भुरा । नारा लाउने भुरामध्ये अलि ठूला भुरालाई मास्टरले लेखेर दिन्थे । ठूला भुराले भट्याएको नारामा साना भुरा चिच्याउँथ्यौँ, ‘श्री ५ महाराजधिराज सरकारको जय ।’ 

भाषणभिषण सुरु हुनुअघि कुर्सीमा बिराजमान सिसाभित्र ढाका टोपी र कालो चस्मावाल फोटोमा प्रधानपञ्च र मास्टरहरुले माला लगाइदिन्थे । अबिर लगाइदिन्थे । र, झुकेर दर्शन गर्थे ।
 
भाषण सकिएलगत्तै माष्टरले चक्लेट माथिमाथिबाट फाल्थे । चौरमा बसेका हामी भुराले आकाशबाट खसेका सबभन्दा महत्वपूर्ण चिजजसरी हात पार्न तछाडमछाड गथ्र्यौं । कसले धेरै चक्लेट हात पार्ने भनेर भुराहरुबीच चर्को प्रतिष्पर्धा चल्थ्यो । 

राजा जन्मोत्सव अर्थात् पुस १४ गते भुराहरुका दिलखुस हुन्थ्यो । 

कसरी ? 

दुई कारण थिए । 

एक, स्कुल छुट्टी हुन्थ्यो । विदा भएपछि पढ्ने टन्टा साफ ।

दुई, सुन्तला चक्लेट खान पाइन्थ्यो ।
 
चक्लेट किन्न स्यानीगार हाइबाङ्ङेको दुकान पुग्नुपर्ने बेला स्कुलमै चक्लेट पाएपछि बालामन यसै फुरुङ्ग हुन्थ्यो । त्यसैमाथि बिना पैसा नै असिना बर्षेजसरी आकाशबाट खस्ने चक्लेट खान पाएपछिका के कुरा ! 

सुन्तला बासनावाल त्यो चक्लेटमा बच्चाबच्ची दिल बल्छीमा माछा बल्झिएजसरी अल्झिएको थियो ।
  
यस्तोसम्म कि, हामी भुरा त स्कुल छुट्टी र चक्लेट तिर्खा मेट्न नै पुस १४ गते कुथ्र्यौं ।

सम्झन्छु, यसरी स्कुले राजाको जयजयकार गर्दै हिँडेको गाउँलेले अचम्म मान्दै हेर्थे । कति गाउँले त स्कुलमा भाषणभिषण सुन्नसमेत पुग्थे ।
 
यो कुरा हो, रोल्पाको सुदूर गाउँ राङ्कोटको । त्यस दिन त राङ्कोटसहित वरपरका स्कुलहरु बागमारा, भालुकोट, केवरी, दहबाङ, चुनबाङ, कोरल, ट्याम, नाफे, जाखरमा पनि जुलुस निक्लन्थे ।
 
यसरी सुदूर गाउँमा त राजाको जन्मोत्सव यति जयजयकारसाथ मनाइन्थ्यो भने राजाकै गाउँ अर्थात काठमाडौंमा कस्तो हुन्थ्यो होला ? तपाईं कल्पना कष्ट नगर्नुस् । बरु, कीर्तिपुरे रैथाने लेखक राजेन्द्र महर्जनले लेखेको पढ्नुस्ः 
तीन दिन सार्वजनिक बिदा दिँदै, स्कुल प्रशासनमा उर्दी जारी गर्दै, गाडीको सुविधा दिँदै हजारौं विद्यार्थीलाई टुँडिखेल र रंगशालामा उताथ्र्यो । सडक र चौरमा लाइन लगाएर कलिला ओठबाट मौसुफ सरकारको जयजयकार गराई राजा, राजतन्त्र र पञ्चायती व्यवस्थाको चिरायु हुने महान भ्रम पाल्दै बस्थ्यो ।

वीरेन्द्र वंश नासियो । नारायणहिटीमा आसिन भए, ज्ञानेन्द्र । ज्ञानेन्द्र त वीरेन्द्रको बा नै बन्न खोजे । अर्थात महेन्द्र बन्न खोजे । बड्डेमात्र ‘राजा’वाल बनाउन चाहेनन्, सबका सब राजावाल बनाउन खोजे । जो नेपाली जन दिलमा हजम भएन । फलस्वरुप ज्ञानेन्द्र सत्तामात्र गएन, गद्दी पनि गयो । ज्ञानेन्द्र बड्डा अचेल नागार्जुनमा जुम्रा मार्छन् ।
 
अब कुरा गरौँ, यो जुगको बड्डेको कुरा । अर्थात यो यो जुगको कुरा हो, जुन जुगको नेपालमा श्रीपेचवाल राजा छैनन् । कार्यकारी प्रमुख प्रधानमन्त्री छन् । अर्थात् केपी शर्मा ओली छन् ।
 
प्रधानमन्त्री ओली त राजा खलकीय शाह होइनन् । ओली हिन्दू देव विष्णु अवतार पनि होइनन् । हुन्, हिन्दू पुरेत अर्थात् बाहुन । नेपालमा लामो समयदेखि रजाइरत ‘एक धर्म, एक भाषा, एक संस्कृति’को आँखाले हेर्दा भने ओली पनि शासक खलकीय भने हुन् ।

कुरो त छर्लंगै छ, नामले ‘कमरेड’वाल ओलीहरु व्यवहारिकरुपमा कहिल्यै ‘कमरेड’ भएनन्÷थिएनन् । अब त हुने सम्भावना पनि देखिन्न । ओलीहरुले कागतमा बाहेक जीवनव्यवहारमा भने जहिल्यै ‘सामन्तवादी चरित्रधारण’ गरे । प्रधानमन्त्री ओलीको हेब्बी बड्डे, विष्णु पौडेलको ललिता निवास, एम सरको डेटिङ र गोकुल बाँस्कोटाको सेटिङ त ‘हिसाबकिताब’ बिग्रँदाखेरि ‘कमरेड मास्क’ उत्रिएका प्रतिनिधि पात्रमात्र हुन् ।

 
तर, ओलीले जवानीमा ‘समतामुलक समाज’को नाउँमा हतियार बोेके । लामो समय जेलनेल भोगे । र, उनै ओलीलाई नेपाली जनले दुई तिहाइको भारी बोकाएर बालुवाटार आसीन गराए ।

कुरो प्रधानन्त्री केपी ओलीको ६९ औं ‘हेब्बी बड्डे’को हो । 

प्रधानमन्त्रीको हेब्बी बड्डे मनाउन ट्याक्टर चढेर त कति घण्टौं हिँडेर विद्यार्थी पुगे, तेह्रथुमस्थित ओली पुख्र्याैंली घर आठराई । ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्लेक्स र ६९ वटा कलस बोकेर लहरै उभिए, बालबालिका । उभिए, गाउँगाउँबाट गाडीमा ल्याइएका बृद्धबृद्धा । प्रधानमन्त्री जन्मोत्सव मनाउन विद्यार्थी, कर्मचारी, शिक्षक पोसाकमा ठाँटिए । 

जन्मथलो उड्नुअघि सरकारीनिवास बालुवाटारमै प्रधानमन्त्री केपी ओलीले केक काटे । त्यसपछि ? प्रधानमन्त्री ओली सेनाको एमआई–१७ हेलिकप्टरमा पत्नी राधिका शाक्यसहित सवा एक बजे आठराई उत्रे । सेनाकै अर्को हेलिकप्टमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, बागमती प्रदेश प्रमुख विष्णु प्रसाईं र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, नेकपा संसदीय दल उपनेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पुगे । झापा र मोरङसम्मका सरकारी अधिकारी र नेता–कार्यकर्ता पनि पुगे ।

प्रधानमन्त्री ओली जन्मघरमै बड्डे केक काटे । करिब दुई हजार विद्यार्थीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा लेखिएको आफ्नै तस्वीर अंकित डायरी र कलम बाँडे ।

सत्तारुढ नेकपा नेतृत्वको आठराई गाउँपालिकाले ओली जन्मोत्सव मनाउन सार्वजनिक बिदा दियो । झापाबाट झिकाएको क्याटरिङले करिब हजारलाई भोज खुवायो ।

यसरी, डबल नेकपाको ‘कम्युनिष्ट’ पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीको ६९ औं शुभजन्मोत्सव सुसम्पन्न भयो ।  

प्रधानमन्त्रीले बड्डे मनाउँदा किन टाउको दुख्छ ? 

त्यो जुगमा पञ्चायत थियो । राजा थिए । अभिव्यक्ति स्वतन्त्रता थिएन । अहिले ? 
राजाबिनाको संसदीय व्यवस्था छ । जनताले चुनेको प्रधानमन्त्री केपी ओली छन् । तर, एक श्रीवाल ओली बड्डेले श्री ५ वाल राजा जन्मोत्सवलाई टक्कर दिनेमात्र होइन, ठहरै पा¥यो ।
 
ओली बड्डे लिएर दुई कारणले प्रश्न उठ्योः

एक, ओली डबल नेकपा अध्यक्षमात्र होइनन्, प्रधानमन्त्री पनि हुन् । त्यसैले उनको ‘श्री ५ वाल चरित्र’माथि गम्भीर सवाल उठेको हो ।
 
ओली प्रधानमन्त्री हुँदैनथे भने उनले जन्मोत्सव मनाउँदा सारा नेपालीलाई भतेर खुवाए पनि, मंगलग्रहमा ‘बर्थ डे केक’ काटे पनि, ‘ह्याप्पी बर्थ डे’ गीतले युट्युब र टिभी भरे पनि कोहीले गुनासो गर्ने थिएन । तर, प्रधानमन्त्रीले राज्य स्रोत–साधन, कर्मचारी प्रशासन, निर्वाचित संस्था, जनप्रतिनिधि र विद्यार्थीलाई जयजयकार गर्न लगाएर पद, पैसाको दुुरुपयोग गरेकाले सवाल उठ्यो ।
 
दुई, ओली आफैले बनाएको ‘आचारसंहिता’लाई ‘अचार’ बनाए । 

गत माघ ५ गते जन्मोत्सवलाई घरपरिवारमै सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन डबल नेकपाले आचारसंहिता जारी ग¥यो । आचारसंहिता भन्छ, ‘जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै सीमित गर्नू ।’ 

जारी गर्ने पहिलो नम्बरवाल अध्यक्ष केपी ओलीले नै एक महिनापछि आफ्नै जन्मदिनमा ‘चार हेलिकप्टर, तीन दर्जनभन्दा बढी गाडी, सरकारी अधिकारी र पार्टी नेतासहित ६ हजारलाई भतेर’ गरेर आचारसंहितालाई अचार बनाए । जारी भएपछि ‘खुट्टी हेरी पत्याएँ’ भनेर उडाउनेहरुलाई प्रधानमन्त्री ओलीले नै लाहाछाप लगाए । 

सवाल खडा छ, जारी गर्ने ओली नै पहिलो नम्बर अध्यक्ष होइनन् ? कि अध्यक्ष र प्रधानमन्त्री भएकाले ओलीलाई आचारसंहिता नै लाग्दैन ? आचारसंहिता साना नेता र कार्यकर्तालाई मात्र जारी भएको हो ?

यसको एउटै मात्र उदाहरण काफी छ, त्यो हो, सेटिङ अडियो राज्यको कुनै निकाय(पुलिस या अख्तियार)ले सार्बजनिक गरेको होइन । सेटिङमा काँजे परेपछि संलग्न नै बाहिर ल्याएका हुन् । सेटिङ केसले बाँस्कोटाको मन्त्री पद त गयो तर डिल्लीबजार पुग्नेमा भने अझै आशंका छ । यसको मुख्य कारण हो, एम सरको ‘डेटिङ’मा ‘एम सर र रोशनी शाही’मात्र थिए भने गोकुल ‘सेटिङ लहरा’ तान्दा ‘ओली पहरा’ नै घर्कन्छ । त्यसैले सेटिङ बाँस्कोटा राजीनामामै सामसुम सम्भावना देखिन्छ । जुन सबभन्दा ठूलो विडम्बना हो ।

कुरो त छर्लंगै छ, नामले ‘कमरेड’वाल ओलीहरु व्यवहारिकरुपमा कहिल्यै ‘कमरेड’ भएनन्÷थिएनन् । अब त हुने सम्भावना पनि देखिन्न । ओलीहरुले कागतमा बाहेक जीवनव्यवहारमा भने जहिल्यै ‘सामन्तवादी चरित्रधारण’ गरे । प्रधानमन्त्री ओलीको हेब्बी बड्डे, विष्णु पौडेलको ललिता निवास, एम सरको डेटिङ र गोकुल बाँस्कोटाको सेटिङ त ‘हिसाबकिताब’ बिग्रँदाखेरि ‘कमरेड मास्क’ उत्रिएका प्रतिनिधि पात्रमात्र हुन् । सामन्तवाद र भ्रष्टाचार जग नफेरी उभिएको संसदीय लोकतान्त्रिक गणतन्त्रमा यस्तै फूल फुल्छन् । रुपसमेत नफेरिएका नेपालको ‘अदालत’ र ‘सेना’का झन के कुरा ! यसरी कहिलीकसो फुट्ट पर्दा उतारिए कस्ता देखिँदा हुन् ? मुहानमै ‘सामन्तवाद र भ्रष्टाचार’ छ भने ‘डेटिङ, सेटिङ, ललिता निवास, हेब्बी बड्डे’ यसरी बेलाबेलामा सतहमा देखिने नै भए । तर, ट्रेलर नै यति भयङ्कर छन् भने फिल्म कस्ता होलान् ? नत्रभने दुई तिहाईवाल सरकारका प्रधानमन्त्री केपी ओलीलाई ‘राजा तिर्खा’ मेटाउनेगरी किन हेब्बी बड्डे मनाउन यसरी जोश चल्दो हो ? 


प्रतिक्रिया दिनुहोस्