गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न प्रधानमन्त्रीलाई काँग्रेसको आग्रह

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ०९


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न आग्रह गरेको छ।

काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बाँस्कोटा बारेको प्रधानमन्त्रीको अभिव्यक्तिपछि यस्तो प्रतिक्रिया दिनु भएको छ।

सञ्चारमन्त्री रहेका बाँस्कोटा कमिसन मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए।

बाँस्कोटाको अडियो प्रकरणपछि सरकारको समेत आलोचना भइरहेको छ।

प्रधानमन्त्री ओलीले बिहीबार उक्त प्रकरणबारे मुख खोल्दै उक्त अडियो नक्कली रहेको हुनसक्ने अभिव्यक्ति दिएका थिए। 

काँग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा यस्तो ट्विट गर्नु भएको छ।  


प्रतिक्रिया दिनुहोस्