सन्तोष खातीलाई छुरा प्रहार गरेका बिकास आचार्य लगनखेलबाट पक्राउ

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ०६


काठमाडाैं । धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा ललितपुर महानगरपालिका–५ लगनखेल बस्ने दोलखा घर भएका ३० वर्षीय बिकास आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य बिबादमा उनले ललितपुर महानगरपालिका–५ लगनखेल बस्ने दोलखा घर भएका २४ वर्षीय सन्तोष खातीलाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

सामान्य विवाद हुदा छुरी प्रहार गरको प्रहरीको भनाई छ । घाइते सन्तोष खातीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्