सीपी मैनालीको कार दुर्घटना नियोजित : नेकपा माले

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : ५८


काठमाडौं । नेकपा मालेले महासचिव सीपी मैनालीको दुर्घटना बारे छानबिन गर्न माग गरेको छ। 

बिहीबार उक्त पार्टीले विज्ञप्ति जारी गर्दै दुर्घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको हो।

मालेले दुर्घटना नियोजित भएको देखिएको विज्ञप्तिमा उल्लेख गरेको छ।

‘यो दुर्घटना अस्वभाविक र नियोजित देखिन्छ’, पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त दुर्घटनाको तथ्य तथा त्यसमा अन्तर्निहित दुर्नीयत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनता समक्ष ल्याउन र कुनीयतजन्य योजनाकार र दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं।’ 

बिहीबार महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटना हुँदा मैनालीसहित परिवारका ५ सदस्य  घाइते भएका थिए।

मैनाली सहित घाइतेको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्