मोदीको गाँउमा विश्वकै सबैभन्दा अग्लो मन्दिर बन्ने

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : ५०


अहमदाबाद । स्ट्याचु अफ युनिटीको रूपमा विश्वको सबै भन्दा अग्लो प्रतिमा रहेको भारतको गुजरातमा अब विश्वकै सबैभन्दा अग्लो मन्दिर बन्ने भएको  छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको गाँउ समेत रहेका गुजरातमा बन्न लागेको उक्त मन्दिरको शुक्रबार शिलान्यास हुनेछ।

उमिया फाउन्डेशनले अहमदाबादको वैष्णोदेवी जसपुर नजिकै मन्दिर बनाउन लागेको हो।

करिब  १ सय बिघा जमिनमा मन्दिर बनाइने छ। ४३१ फिट उचाइमा रहने यो मन्दिरको निर्माण गर्न करिव एक हजार करोड रुपैयाँ खर्च हुने भारतीय सञ्चार माध्यमले बताएका छ।

 

गुजरातमा विश्वकै सबैभन्दा अग्लो प्रतिमा समेत छ। गत बर्ष प्रधानमन्त्री मोदीले स्वतन्त्रता सेनानी सरदार बल्लभभाइ पटेलको ६ सय फिट अग्लो मूर्ति अनावरण गरेका थिए। 

उक्त मूर्तिको निर्माण लागत २९ अर्ब नौ करोड भारतीय रुपैयाँ छ। अंग्रेजविरुद्धको स्वतन्त्रता आन्दोलनका एक मुख्य हस्ती पटेलको सम्मानका रूपमा उक्त मूर्ति निर्माण गरिएको भारत सरकारको दाबी छ। प्रधानमन्त्री मोदीले त्यसलाई ‘स्ट्याचु अफ युनिटी’ नाम दिएका छन्

 


प्रतिक्रिया दिनुहोस्