आदित्यलाई उदित नारायणले नेहासँग विहे गर्न भनेपछि..

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ६ : ०७


काठमाडाैं । गायिका एवं इण्डियन आइडलकी जज नेहा कक्कडसँग विहे गर्न बलिउडका चर्चित गायक उदित नारायण झाले आफ्नो छोरा आदित्य नारायणलाई सुझाव दिएको बताएका छन्। उदितले आदित्यलाई विहे नै गर्न सुझाव दिएकाे भारतीय सञ्चारमाध्यमहरूले बताएका छन ।

विहे गर्ने भनेर आदित्य र नेहाले इण्डियन आइडलको मन्चमै परिवारको उपस्थितिमा प्रस्ताव साटासाट समेत गरेका थिए । जसलाई दर्शकले पत्याएका थिए। १४ फेब्रअरीमा विहे हुने बताइएको थियो। तर, त्यो सबै टिआरपीका लागि गरिएको बताएका उदितकाे भित्री चाहना भने नेहालाई आफ्नो घरको बुहारी बनाउने थियो। उनले सन्चारमाध्यममा आदित्यले नेहासँग विहे गर्नुपर्ने आफ्नो चाहना भएको र आफूले सुझाव समेत दिएको बताए।

आफू अहिले पनि छोरा आदित्यलाई नेहाको नाम जोडेर घरमा जिस्क्याउने गरेको उदितले सुनाए। नेहासँग लगनगाँठो कस्न आग्रह गर्दा आदित्यले नमानेको उदितले बताए। 'तपाईहरु विश्वास गर्नुहुन्न होला, मैले छोरा आदित्यलाई नेहाको नामले चिढ्याउँछु। मैले नेहासँग विहे गर्न भनेको थिएँ। तर, उसले मानेन', उदितले भने।

आदित्यले आफू अहिल्यै विहे नगर्ने बताएको उदितले सुनाए। 'मैले विहेको लागि आग्रह गर्दा आदित्यले अस्वीकार गरे। अहिले करियरमा फोकस हुन चाहन्छु भन्यो', उदितले सुनाए। उदितले गायन क्षेत्रमा प्रगति गरिरहेको भन्दै नेहाकाे पनि प्रशंसा गरेका थिए। उनले नेहालाई प्रिय छोरी भन्दै आफूहरुले बुहारी बनाउन चाहेको पनि बताउँदै आएका छन्। इण्डियन आइडलमा नेहा जज र आदित्य उद्घोषक हुन्। यी दुई भर्खरैमात्र 'गोवा बीच' गीतमा सँगै देखिएका थिए।

हिन्दुस्तान टाइम्स


प्रतिक्रिया दिनुहोस्