सुन चाँदीको मूल्य आज घट्याे, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ५ : ०४


काठमाडौँ । आज शुक्रबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ९ सय रूपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्