कीर्तिपुरमा माइक्रोबसबाट खसेर आशिष भट्टको मृत्यु

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ४२


काठमाडौं । कैलालीको घोडाघोडी नगरपालीका–४ गैडाखेडाका एक युवकको कीर्तिपुरमा माइक्रोबसबाट खसेर मृत्यु भएको छ । २३ वर्षिय आशिष भट्टको कार्यालय जाने क्रममा माइक्रोबसबाट खसेर मृत्यु भएको हो ।

फागुन १२ गते बिहान कार्यालय जाने क्रममा कीर्तिपुरमा माइक्रोबसबाट खसेर गम्भीर घाइते भएका भट्टको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँका आफन्तले जानकारी दिएका छन । कैलाली बहुमुखी क्याम्पसमा स्नातक अध्ययन सक्नुभएक्ा उहाँ थप अध्ययनका लागि काठमाडौं आउनुभएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्