मापसे गरेर साइकल चलाए जेल बस्नुपर्ने, दुईजना चढ्न पनि नपाइने

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ३५


काठमाडाैं । जापान कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको छ । जापानमा मादक पदार्थ सेवन गरेर साइकल पनि चलाउन पाइँदैन । यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा जरिमाना तथा कैद सजायसमेत भोग्नु पर्दछ ।

हेडफोन कानमा लगाएर साइकल चलाउन, साइकल चलाउँदा फोनमा कुरा गर्न तथा पानी परेको बेला छाता ओडेर साइकल चलाउन पनि पाइँदैन । जापानमा रेलभित्र साइकल लैजान पनि पाइँदैन । ब्रेक बिग्रिएको साइकल चलाएको पाइएमा ५० हजार जापानी येन जरिमाना तिर्नुपर्दछ ।

यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा पाँच वर्षसम्म कैद र १० लाख येन जरिमाना तिर्नुपर्दछ । त्यस्तै पानी परेको बेला छाता ओडेर साइकल चलाएको पाइएमा तथा फोनमा कुरा गर्दै वा गीत सुन्दै साइकल चलाएको पाइएमा ५० हजार येनसम्म जरिमाना हुन सक्दछ । एउटा साइकलमा दुईजना चढ्न पनि बन्देज छ जापानमा । यदि एउटा साइकलमा दुईजना चढेको भेटिएमा २० हजार येनसम्म जरिमाना हुन्छ ।


प्रतिक्रिया दिनुहोस्