इरानका उपराष्ट्रपतिलाई पनि कोरोना भाइरस संक्रमण

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ४ : ४८


तेहरान । इरानमा उपराष्ट्रपतिलाई पनि कारोना भाइरस संक्रमण भएको छ।

इरानको एउटा सरकारी अखबारका अनुसार इस्लामिक रिपब्लिक इरानका उपराष्ट्रिपति मसुमेह इबटेकरलाई कोरोना संक्रमण भएको छ। 

कोरोना भाइरसबाट संक्रमित हुनेमा इबटेकर इरानका सबैभन्दा शीर्ष अधिकारी रहेको समाचारमा जनाइएको छ।

स्थानीय मिडियाका अनुसार इबटेकरलाई यसै हप्ता संक्रमण भएको हो।

उनी हिजो इरानी मन्त्रिपरिषद बैठकमा राष्ट्रपति हसन रुहानी नजिकै बसेकि थिइन। उनी अझै अस्पताल भर्ना नभएको डेली मेलले उल्लेख गरेको छ । 

इरानी संसदका अन्य दुई सदस्य महमुद सदेही र बहालवाला उप स्वास्थ्य मन्त्री इराज हरिची उक्त घातक भाइरसबाट संक्रमित भएको यस अघिनै पुष्टि भएको छ।

बिहिबारको जानकारी अनुसार कोरोना भाइरसबाट इरानमा एक पूर्व राजदुतको मृत्यु भएको छ। इरानको अंग्रेजी अखबारले ट्विट मार्फत जानकारी दिएको छ। 

इरानमा उक्त घातक भाइरसबाट हालसम्म २६ जनाको मृत्यु र २ सय ४५ जना मानिस संक्रमित भएका छन्। 

यो पनि पढ्नुहोस

इरानी उप–स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरसको संक्रमण
 


प्रतिक्रिया दिनुहोस्