हङकङले हरेक नागरिकलाई लाखौं रुपैयाँ बाँड्दै

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ३ : ४३


एजेन्सी । हङकङ सरकारले आफ्ना नागरिकलाई नगद पैसा बाँड्ने भएको छ।

त्यहाँको सरकारले सबै वयस्क स्थायी बासिन्दालाई नगद पैसा दिन लागेको हो। 

खर्चलाई बढावा दिन र आर्थिक बोझ कम गर्न हङकङले पैसा बाड्न लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

हङकङ सरकारले  बार्षिक बजेटको एक हिस्साका रूपमा हरेक नागरिकलाई  प्रति व्यक्ति १२ सय ८०  अमेरिकी डलर अर्थात करिब डेढ लाख रुपैयाँ नेपाली बाडँने घोषणा गरेको छ।

प्याकेज अनुसार हङकङले कुल १ सय २० बिलियन हङकङ डलर आफ्ना नागरिकलाई बाँड्ने छ।

महिनौं देखिको हिंसात्मक राजनीतिक अवस्थाले त्यहाँको अर्थव्यवस्थालाई प्रभावित पारेको बताइएको छ। यस्तै, कोरोना भाइरस संक्रमणबाट समेत हङकङ प्रभावित बनेको छ।

हङकङले ओरालो लागेको अर्थतन्त्रलाई चलायमान बनाउन उक्त रकम बजारमा पठाउन लागेको हो। 

उक्त रकम पाप्त गर्न प्राप्त गर्न १८ वर्ष पुगेका त्यहाँका स्थायी बासिन्दा हुनु पर्नेछ। मापदण्ड पूरा गरेका ७० लाख मानिसलाई उक्त रकम प्रदान गरिने त्यहाँको सरकारले जनाएको छ। 

हङकङमा कोरोना भाइरसबाट करिब ७१ जना मानिस संक्रमित भएका छन्। २ जनाको ज्यान गएको छ। चीनसँग सिमा जोडिएको हङकङमा कोरोना भाइरसले त्यहाँ ठुलो चुनौती खडा गरेको अधिकारीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्