धारिलो हतियार प्रहार गरी दम्पत्तिको हत्या, छुट्टाछुट्टै कोठामा भेटियो शव

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ३ : १९


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो। 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको छ। धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको उहाँले बताउनुभयो। 
    
जयलालको घाँटीमा र धनाको टाउकोमा चोट लागेको छ। शव शङ्कास्पद अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ। शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ। क्यान्सरका कारण पहिलो श्रीमतीको मृत्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए। उनीहरुको छ महिनाकी छोरी रहेकी छन्। 


प्रतिक्रिया दिनुहोस्