कर बढे पनि डिजेल र पेट्रोलको मूल्य नबढ्ने

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ३ : ०२


काठमाडौँ । सकारकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ।  

बिहीबार सरकारका प्रवक्ता युवराज खतिवडाले सरकारका निर्णयबारे जानकारी दिँदै विकास कर थप ५ रुपैयाँ बढाएको जानकारी दिनुभयो।  पेट्रोलियम पदार्थमा कर लागेपछि तेलको मूल्य भने नबढ्ने भएको छ। 

नेपाल आयल निगमले पूर्वाधार करमा थपिएको कर निगमले लिँदै आएको नाफाबाट समायोजन गर्ने तयारी गरेकाले तेलको मूल्य नबढाइने भएको हो। कर बढेकै कारण उपभोक्ताले थप मूल्य व्यहोर्नु नपर्ने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभएको छ। 


प्रतिक्रिया दिनुहोस्